

एजेन्सी ।
भारतको पटनाबाट दिल्ली जाँदै गरेको इन्डिगोको उडान नम्बर ५००९ मा चरा ठोक्किएपछि आपतकालीन अवतरण गरेको छ ।
१७५ यात्रु सवार विमान पटना विमानस्थलमा सुरक्षित अवतरण गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । हाल विमान मर्मत गर्ने प्रयास भइरहेको समाचारमा उल्लेख छ । पाइलटको विवेक र छिटो निर्णयका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको हो ।
उडानका सबै यात्रु र चालक दलका सदस्यहरू सुरक्षित छन्, तर विमान क्षतिग्रस्त भएको दैनिक भास्करले जनाएको छ । उडान भर्नेवित्तिकै विमानमा चरा ठोक्किएको थियो । पटना विमानस्थलका अधिकारीहरूका अनुसार, इन्डिगोको उडान बिहान करिब ९ः३० बजे दिल्लीका लागि उडेको थियो।
उडान भरेको केही मिनेटपछि विमान लगभग ३,००० देखि ४,००० फिटको उचाइमा हुँदा चरासँग ठोक्किएको हो । चरा ठोक्किएपछि विमानमा प्राविधिक खराबी आएको थियो ।
