Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेस नेपालबाट अलग हुन्छ अभिव्यक्ति दिएका अशोक यादवको बचाउमा माओवादीसहित ६ दल





जनकपुरधाम ।
नेपालबाट मधेश अलग गर्ने धम्की दिएका जनता समाजवादी पार्टी, मधेश प्रदेश अध्यक्ष पूर्व प्रदेशसभा सदस्य अशोक यादवको माओवादी केन्द्रसहित ६ दल बचाउमा उतरिएका छन् ।
माओवादी, नेकपा एससहितका ६ दलले आज संयुक्त विज्ञप्ति जारी गर्दै नेपालबाट मधेश अलग गर्ने धम्की दिने यादवको बचाउमा उतरिएको हो । यादवको अभिव्यक्तिप्रति प्रहरी प्रशासनले गरेको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
१५ गते बिहिवारको दिन पूर्वाधार विकास कार्यालयमा राती प्रहरी परिचालन गरी कार्यालय प्रमुखले मेन गेटमा ताल्चा लगाई कार्यालय संचालन गरिरहेको देखेर सेवाग्राही त्रसित भएको जानकारी यादवले पाउनासाथ के कसो हो भन्ने जानकारी लिन जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्कासँग फोन मार्फत बुझ्न खोज्दा मधेशी हो भनेर हेपाहा, विभेदकारी शैलिमा कुरा गरेको उनीहरुको आरोप छ ।
यादवमाथि लागेको आरोप फिर्ता लिएर झुटा मुद्दा खारेज गरी जिल्ला प्रहरी प्रमुख खड्कालाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ,’उहाँमाथि लगाइएको झुठा मुद्दा खारेजी गरी, जिल्ला प्रहरी प्रमुखलाई अविलम्ब कर्वाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माँग गर्दछौं साथै छानविन समिति गठन गरी सत्य तथ्य उजागर गर्न माग गर्दछौं । यदि यस्ता विभेदकारी नश्लिय सोच नसचिएमा हामि तपसिलका पार्टीहरु कडा भन्दा कडा सडक संघर्ष गर्न बाध्य हुनेछौं भन्ने चेतावनी यसै प्रेस विज्ञप्ति मार्फत सम्बन्धित निकायलाई जानकारी गराउँदछौं ।’
यादवविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार भएका यादवले नेपालबाट मधेश अलग गर्ने धम्की दिएका थिए ।