

काठमाडौं ।
संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
मंगलबार काठमाडौंमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो । मोर्चाले रुपन्देही–३ मा मोर्चाको तर्फबाट साझा उम्मेदवारका रूपमा नाउपाका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ ।
‘यो सरकार संविधान संशोधनको नाममा गठन भएको छ । हामी सकारात्मक प्रगतिशील संविधान संशोधन हुन्छ र यसको लागि लोकतान्त्रिक मोर्चाले आफ्नो राय एकमत बनाउने र आवश्यक कुराहरू संविधान संशोधनका लागि क्रमशः उठाउँदै जाने निर्णय गरिएको छ,’ बैठकपछि मोर्चाका नेता वृषेश चन्द्र लालले जानकारी दिए । ‘राज्य व्यवस्था समितिबाट पारित भएको निर्णयमा केरमेट, थपथाप, विभिन्न चलखेल लोकतान्त्रिक र संसदीय अभ्यासप्रति गम्भीर अपराध हो, यो हाम्रो ठहर छ,’ उनले भने, ‘अपराधीलाई संसदीय समितिले छानबिन गरी कारबाही गर्नुपर्छ र संसदको मर्यादा कायम गर्नुपर्छ ।’
