Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

७४ देशका नागरिकलाई बिना भिसा प्रवेश दिने तयारीमा चिन





एजेन्सी ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएका प्रतिबन्धहरू हटाएपछि चीनले आशा गरेअनुरूप विदेशी पर्यटक भित्र्याउन सकेको छैन ।
देशको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न चीनले ७० भन्दा बढी देशका नागरिकहरूलाई विना भिसा प्रवेश अनुमति दिने घोषणा गरेको छ । चीनले आफ्नो भिसा नीतिमा अभूतपूर्व परिवर्तन गरेको हो । अब ७४ देशका नागरिकहरू ३० दिनसम्म भिसा बिना चीनमा बस्न सक्नेछन् ।
यसलाई चीनको पर्यटन नीतिमा ठुलो परिवर्तन मानिएको छ । पर्यटन प्रवद्र्धन गर्न, अर्थतन्त्रलाई बढावा दिन र आफ्नो सफ्ट पावर बढाउन चीन सरकारले भिसा–फ्रि प्रवेश दिएको हो ।
२०२४ मा चीनमा करिब दुई करोड पर्यटक बिना भिसा आएका थिए । विगतको तुलनामा चीन पुगेका पर्यटकहरूको यो सङ्ख्या आधाभन्दा केही बढी मात्रै हो । २०२३ को सुरुमा, कोरोना महामारीपछि, चीनले विदेशीका लागि फेरि आफ्नो सीमा खुला ग¥यो ।
तर, त्यो वर्ष केवल १ करोड ३ लाख पर्यटकहरू मात्रै चीन पुगे । २०१९ मा कोरोना भाइरसको महामारी सुरु हुन अघि तीन करोडभन्दा बढी पर्यटक चीन पुगेका थिए । कोरोना प्रतिबन्धले चीनको पर्यटनमा प्रतिकूल प्रभाव पारेको यो तथ्याङ्कले पनि स्पष्ट देखाउँछ । पर्यटन क्षेत्रलाई फेरि ट्र्याकमा ल्याउन चीनले युरोप, एसिया, ल्याटिन अमेरिका र पश्चिम एसियाका धेरै देशका मानिसलाई भिसामुक्त प्रवेश दिएको छ ।
डिसेम्बर २०२३ मा चीनले फ्रान्स, जर्मनी, इटाली र नेदरल्याण्ड्स, स्पेन, मलेसियाका नागरिकहरूलाई चीनमा भिसा फ्रि प्रवेश दिने घोषणा गरेको थियो । अब यो सुविधा सबै युरोपेली देशका नागरिकहरूलाई दिइएको छ ।
पाँच ल्याटिन अमेरिकी देश र उज्बेकिस्तानका नागरिकहरूले गत महिना मात्र चीनमा भिसा फ्रि प्रवेश पाएका थिए । यसमा पश्चिम एसियाका चार देश थपिए । अब जुलाई १६ देखि अजरबैजानका नागरिकहरूले पनि चीनमा भिसामुक्त प्रवेश पाउनेछन् ।
योसँगै भिसा फ्रि प्रवेश पाउने देशको कुल सङ्ख्या ७५ पुग्नेछ । हाल यी मध्ये दुई तिहाइ देशहरूलाई एक वर्षको लागि परीक्षणको आधारमा भिसा फ्रि प्रवेश दिइँदैछ ।