Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सरकारलाई दिएको समर्थन फिर्ता लिन जसपा नेपालद्वारा संसदीय दलको बैठक आह्वान





काठमाडौँ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन बुधबार औपचारिक रूपमा फिर्ता लिने तयारी गरेको छ ।
असार ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
तर संसदीय दलको बैठक नबस्दा औपचारिक निर्णय हुन सकेको थिएन । अब भने जसपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले बुधबारका लागि बैठक बोलाएका छन् । सो बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गर्ने तयारी गरेको एक नेताले बताए ।
जसपा नेपाल संसदीय दलकी प्रमुख सचेतक रेखा यादवले बुधबारको बैठकबाट आवश्यक निर्णय गरिने बताइन् ।