

जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरमा आज पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । दूबै दिदीबहिनी थिए । आज नुहाउने क्रममा कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिएका छन । दुवैजना बिहान पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा गहिरो पानीमा फसेपछि उनीहरुलाई बचाउन नसकिएको स्थानीयले बताए ।
