Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कांग्रेसको क्रियाशील सदस्यता विवरण केन्द्रमा पेश गर्ने अवधि असोजसम्म





काठमाडौँ ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता नवीकरण गरी केन्द्रीय कार्यालयमा विवरण पेस गर्ने समयावधि आगामी असोज मसान्तसम्मका लागि तोकेको छ ।
सो अवधिभित्र पेस नभएका नवीकरणसम्बन्धी नामावली १५औँ महाधिवेशनका लागि अद्यावधिक (सूचीकृत) नगरिने बैठकले निर्णय गरेको छ ।
त्यस्तै, बैठकले २०८१ मसान्तभित्र महाधिवेशन गर्नैपर्ने र गर्न नसकेमा स्वतःपदावधि समाप्त हुने भनी अन्तिम समय दिइएकामा यस बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका भ्रातृ सङ्घकोे हकमा कार्यतालिकामा तोकिएको मितिसम्म समयावधि थप गर्ने निर्णय गरेको छ ।
सबै तदर्थ समितिले २०८१ चैत मसान्तपछि गरेका सबै निर्णय खारेज गर्ने र कार्यतालिका प्रस्तुत गर्न नसकेको नेपाल दलित सङ्घका सम्बन्धमा केन्द्रीय महाधिवेशन निर्देशन समिति र सङ्घका अध्यक्षबीच छलफल गरी यथाशीघ्र महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न कांग्रेस बैठकले निर्देश गरेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।