Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कांग्रेस सभापति देउवाले भने– अरुले भनेर अवकाश बारे निर्णय लिने होइन





काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अवकाशबारे अरूले भनेर निर्णय नलिने बताएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बोलेर सक्ने बेला देउवाले सभापति पदबाट अवकाश लिन लागेको भन्दै धन्यवाद दिएका थिए ।
शर्मा बोलेर सक्ने बित्तिकै देउवाले उनलाई जवाफ फर्काउँदै भने, ‘मैले के गर्छु, मेरो आफ्नो कुरा हो । म अप्ठ्यारो मान्छे हो नि । कसैले भनेर गर्ने म होइन ।’ देउवाले त्यति भनिसकेपछि बैठकमा नेताहरूले हाँसोको फोहरा नै छुटाए ।
देउवाले पार्टीको विधानले पाँच वर्ष र संविधानको व्यवस्था अनुसार थप पाँच महिना अवधि दिएको समेत बताएका थिए ।