Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रेलमा ठोक्किएर एक जनाको मृत्यु





जनकपुरधाम ।
जनकपुरधाम जयनगर रेलमा ठोक्किएर एकजनाको मृत्यु भएको छ । रेलमा ठोक्किएर मृत्यु हुनेमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका २ सिनरजोडा बस्ने विकरु साहको ४५ वर्षीय छोरा बिनोद साह रहेको प्रहरीले जनाएको छ ।
आज दिउँसो १२ः ३० बजेको समयमा धनुषाको औरही गाउँपालिका–२ देउरी प्रवाहास्थित रहेको रेलको लिकमा ठक्कर लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरुण बहादुर सिंहले जानकारी दिए ।
जनकपुरधामबाट जयनगरतर्फ गइरहेको रेलको ठक्करबाट मृत्यु भएका साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेर घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।