Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

१५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान





काठमाडौं ।

१५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान भएका छन्। न्यायाधीश बलराम लम्सालको इजलासले १५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो। तर उक्त धरौटी रकम बुझाउन नसकेपछि उनी कारागार चलान भएका हुन्।

नक्कली नोटको प्रकरणमा कैद भुक्तान गरेर रिहा भएलगत्तै गत जेठ १० गते शनिबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले  ललितपुरबाट पक्राउ गरेको थियो। प्रहरीले उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान अगाडि बढाएको थियो।  यस मुद्दामा युनुससहित ४ जना र १ संस्थाविरुद्ध मुद्दा दायर भएको थियो।

युनुस अन्सारी अध्यक्ष रहेको नेशनल टेलिभिजनसहित युनुसकी श्रीमती सालमा खातुन, प्रमीला अधिकारी र सुवेश्वरप्रसाद कुशवाहलाई खाताको रकम जफत गर्नका लागि प्रतिवादी बनाइएको थियो। यी तीनै जना फरार छन्।  उनीहरूको खातमा १५ लाख ५९ हजार २०९ रुपैयाँ रहेको छ। उक्त रकम जफत गर्न पनि माग गरिएको छ।

त्यस्तै युनुसको नाममा रहेको जग्गा पनि जफत गर्न माग गरिएको छ। सम्पत्ति शुद्धीकरणको कसुर गर्ने व्यक्तिलाई बिगोको दोब्बर जरिवाना र कसुर हेरी २ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

‘…यी प्रतिवादी युनुस अन्सारीबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७२ समेतका आधारमा दफा ६८ बमोजिम १५ लाख नगद जमानत वा बैंक जमानत दिए लिई कागज गराइ तारेखमा राख्नू। उक्त धरौटी दाखिला गर्न नसके निज प्रतिवादीलाई थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा लेखी पठाइदिनू भनि यो आदेश पर्चा गरिएको छ’ आदेशमा उल्लेख छ।