

काठमाडौँ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् ।
सोमबार निर्मल निवासमा आफ्नो ८० औँ जन्मदिनको अवसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पूर्वराजा शाहले अहिले बाढी, पहिरोको समय रहेको भन्दै यसबाट जोगिएर बस्न समेत आग्रह गरे ।
‘अहिले वर्षाको समय हो, बाढी पहिरोको जोखिम छ,’ शाहले भने, ‘पानीजन्य विमारी पनि हुन्छन् । सबै दाजुभाई, दिदिबहिनीहहरू शतर्क रहनुस् । विचार गरेर बस्नुस्, मेरो आग्रह छ ।’ उनले थपे, ‘यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो । हामी नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन, नेपालै हामी भित्र हुनुपर्छ । अनि हामी नेपाली हुन्छौँ ।’
पूर्वराजा शाहले जन्मदिनको अवसरमा निर्मल निवासमा आयोजना गरेको कार्यक्रममा शुभकामना दिनेहरुको भीड देखिएको थियो ।
