Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संसदीय समितिबाट सर्वोच्चका ३ न्यायधिश र न्यायपरिषद सदस्य अनुमोदित





काठमाडौँ ।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस तीन जनाको नाम अनुमोदन गरेको छ । सुनुवाइ समितिको सोमबार बिहान बसेको बैठकले सर्वोच्चको न्यायाधीशमा न्यायपरिषद्बाट सिफारिस न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेल तथा न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको अनुमोदन गरेको सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् ।
सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भएका थापा र पौडेल उच्च अदालतका मुख्य न्यायाधीश हुन् भने पोखरेल वरिष्ठ अधिवक्ता हुन् । सभापति न्यौपानेले अब न्यायाधीश सिफारिस गर्दा समावेशिताका आधारमा सिफारिस गर्न कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासियाको ध्यानाकर्षण गराइएको पनि बताइन् ।