Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रहरीको खोजीमा रहेका अशोक यादव हिन्दीमा भिडियो सन्देश जारी गर्दै भने– आज न भोली मधेस नेपालबाट अलग हुन्छ





जनकपुरधाम ।
प्रहरीको खोजीमा रहेका जसपा मधेसका अध्यक्ष अशोक यादवले एक भिडिओ वक्तव्य जारी गर्दै मधेस नेपालबाट आज न भोली अलग भएरै छोड्ने बताएका छन् ।
अज्ञात स्थलबाट हिन्दी भाषामा जारी गरेको भिडिओ वक्तव्यमा यादवले भारतको बिहार राज्य सरकारलाई समेत गुहारेका छन् । नेपालमा आफूमाथि शोषण दमन भएको भन्दै उनले विहारका प्रहरी प्रशासनसंग सहयोगको याचना गरेका हुन् ।
उनले भनेका छन्, ‘मधेशमा नागरिकतादेखि तमाम अपराध गरेर मधेसीलाई विदेशी बनाउने चलखेल भइरहेको थियो दमन गरिएको थियो र त्यसको खिलाफ मधेसमा आन्दोलन भएको थियो । मधेस जनविद्रोहमा म पनि सामेल थिएँ । मलाई पुलिस प्रशासनले टर्चर ग¥यो । तर जनताको शक्तिले म बाहिर रहेँ र मधेस सरकारको गठन भयो ।’
प्रहरीले राति कार्यालय खोलेर कमिसन उठाएको आरोप यादवले लगाएका छन् । यो विषयमा एसपीसँग कुरा गर्दा आफूलाई ‘साले’ भनेर गाली दिएको उनको दाबी छ ।
‘मलाई जनताले यस्तो कुरा सुनाउँदा सुरुमा त विश्वास भएन । तर फोटो नै पठाएपछि म आफैँ गए र एसपीसँग कुरा गरेँ । एसपीले मलाई साले भनेर गाली दियो । म पनि आन्दोलनकारी हुँ । मेरो मुखबाट पनि केही शब्द निस्किए,’ उनले भनेका छन् ।
भारतले नेपालका सबै आन्दोलनकारीलाई शरण दिँदै आएको उनले सम्झाएका छन् । नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न कुनै सहयोग मागेको खण्डमा नदिन यादवले याचना गरेका छन् ।
‘भारतमा नेपालका आन्दोलनकारीलाई शरण मिल्दै आएको छ । आन्दोलनकारी भनेका कुनै अपराधी र हत्यारा होइनन् । सर्लाहीको एसपी र डीएसपीले गुण्डागर्दी गरे । उनीहरू मेरो रिस्तेदारको घरमा गएर छापा मारिरहेका छन् । म बिहार सरकारलाई आग्रह गर्छु कि यो राजनीतिक मामला हो । हामी आन्दोलनको लडाइँ अहिले पनि लडिरहेका छौँ । यसमा भारतको सपोर्ट मिल्नुपर्छ । भारत र बिहारको जनता नभए हामीमाथि अझै जुर्म हुन्थ्यो । म बिहारका पुलिस प्रशासनलाई आग्रह गर्छु कि नेपालको एसपीले भनेर कुनै पनि कदम नउठाउनु । उनीहरूको नश्लिय भेदभाव गर्ने मान्छेहरू हुन्,’ यादवले भनेका छन् ।
दमन र शोषणले गर्दा आउने दिनमा विद्रोह हुने सम्भावना छ । सिके राउतले हिजो स्वराज मधेशको बिगुल फुकेको थियो । त्यो सही कुरा हो । मधेश आज नभए भोलि अलग हुन्छ । म रहूँ या नरहूँ । मधेशको अर्को पिँढीले यो काम गर्छ ।’ उनले भनेका छन् ।