Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतद्वारा शृंखला बराबर





एजबास्टेन । 

आकाश दीपले टेस्टमा १० विकेट लिएपछि भारतले आइतबार एजबास्टेनमा इंग्ल्यान्डलाई दोस्रो टेस्टमा ३ सय ३६ रनले पराजित गरेको छ । योसँगै भारतले ५ टेस्टको शृंखला १–१ को बराबरीमा ल्याएको छ ।

जस्प्रित बुमराहलाई आराम दिएपछि खेल्न पाएका २८ वर्षे तीव्र बलर दीपले ९९ रन खर्चेर ६ विकेट लिएपछि ६ सय ८ रनको विशाल लक्ष्य लिएर आएको इंग्ल्यान्ड पाँचौं तथा अन्तिम दिनको खेलमा २ सय ७१ रनमा अलआउट भएको थियो । दीपले कुल १ सय ४७ रन खर्चेर १० विकेट लिए । आठौं टेस्ट खेल्दै दीपले आफ्नो उत्कृष्ट बलिङ प्रदर्शन गरेका हुन् ।

जेमी स्मिथले टेस्टमा दोस्रो पटक पनि प्रभावशाली प्रदर्शन गरे । पहिलो इनिङ्समा अविजित १ सय ८४ रन बनाएका विकेटकिपर–ब्याटर उनले ९९ बल खेली ९ चौका र ४ छक्का प्रहार गरे । यो त्यही मैदान हो, जहाँ भारत ७ टेस्टमा पराजित भएको थियो भने १ बराबरीमा टुंग्याएको थियो ।

प्लेयर अफ द म्याचमा भने भारतका कप्तान शुबमन गिल चुनिए । २५ वर्षे उनले पहिलो इनिङ्समा २ सय ६९ र दोस्रो इनिङ्समा १ सय ६२ बलमा १ सय ६१ रन बनाएका थिए । उनी टेस्टको दुई इनिङ्समा क्रमशः २५० र १५० रन बनाउने पहिलो खेलाडी हुन् ।