Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रहरीले खोजिरहेको जसपा मधेसका अध्यक्ष अशोक यादवको आरोप– ‘प्रहरीले गुण्डाशैलीमा मेरो छोरालाई कुटपीट गर्यो’

यादव भन्छन्– भागेको छैन, छोरोको उपचार गराउन अस्पतालमा छु





जनकपुरधाम ।
सर्लाही प्रहरीले वान्टेड सूचीमा राखेका जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशका अध्यक्ष अशोक यादवले आफू फरार नरहेको बताएका छन् ।
आइतबार फेसबुक लाइभमार्फत सार्वजनिक रूपमा बोल्दै उनले आफूविरुद्ध लगाइएको आरोपलाई झुटो भन्दै गम्भीर आपत्ति जनाएका छन् ।
यादवका अनुसार प्रहरी डाँका शैलीमा उनको घरमा पुगेर छोरामाथि कुटपिट गरेको र छोराको गर्दनको नसासमेत च्यातिएको छ । उनले अहिले छोराको उपचारमा व्यस्त रहेको जानकारी दिए । सञ्चारमाध्यममा आफू फरार भएको भनेर आएका समाचारको पनि उनले खण्डन गरे ।
उनले भने, ‘मैले कुनै अपराध गरेको छैन। म त निमुखा, शोषित, पीडित र विपन्न वर्गका लागि आवाज उठाइरहेको छु । जिल्लामा भइरहेको भ्रष्टाचार, बेथिति र लुटतन्त्रविरुद्ध बोलेको हुँ । त्यसका लागि राज्यले मलाई अपराधी ठान्छ भने म सय वटा मुद्दा खेप्न तयार छु, तर जनताको पक्षमा बोल्न कहिल्यै रोकिन्न ।’
यादवले आफूविरुद्ध अनावश्यक रूपमा मुद्दा दर्ता गरिएको दाबी गर्दै चाँडै सर्लाही फर्किने बताए । उनले सर्वसाधारणलाई आन्दोलनमा उत्रन पनि आग्रह गरे । प्रहरीसँगको गालीगलौजबारे स्पष्टीकरण दिँदै उनले एसपीलाई पहिले गाली नगरेको बताए ।
सर्लाही प्रहरीले यादवविरुद्ध सार्वजनिक सेवामा रोकावट र राजनीतिक उपद्रो सम्बन्धी दुई वटा मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी गरेको जनाएको छ । बिहीबार राति जिल्ला प्रहरी प्रमुख योगेन्द्रकुमार खड्का र अध्यक्ष यादवबीचको गालीगलौज अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।