Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नागरिक उन्मुक्तिले सभामुखलाई बुझायो समर्थन फिर्ताको पत्र, प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनुपर्ने





काठमाडौँ ।
नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक पत्र सभामुख देवराज घिमिरेलाई बुझाएको छ ।
संसदीय दलको बैठकले शनिबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । निर्णयअनुसार आइतबार पत्र बुझाएको हो । सरकारमा रहेको दलले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्नेछ ।
प्रतिनिधिसभामा नाउपाका ४ जना सांसद छन् । नाउपामा अध्यक्ष रन्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीको विवादले सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो ।