Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विपक्षी दलहरुको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित, सोमबार १ बजेका लागि बोलाइयो प्रदेशसभा बैठक





जनकपुरधाम ।
मधेस प्रदेशसभाको बैठक विपक्षी दलहरुको अवरोधका कारण स्थगित भएको छ । विपक्षी दलहरू जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतको विपक्षी दलले बजेट पुनर्लेखनको माग गर्दै अवरुद्ध गरेका थिए ।
विपक्षी दलहरुको अवरोधपछि सभामुख रामचन्द्र मण्डलले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । तर पुनः बस्ने वातावरण नमिलेपछि बैठक बस्नै सकिएन । अब बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेको सभामुख मण्डलले बताए ।
मधेश सरकारले असार १मा ल्याएको बजेटबारे सत्तापक्ष र प्रतिपक्षमा व्याप्त असन्तुष्टि छ । बिचौलिया हावी, असमान बजेट, ५ लाखसम्मको बजेट विनियोजन भएको पुनर्लेखन गर्नुपर्ने विपक्षी दलहरूको माग छ । विपक्षी दलले बजेट पुनर्लेखन नभएसम्म सदन चल्न नदिने चेतावनी दिएको छ ।
बजेटमाथि छलफलको लागि गत १२ असार दिउँसो १ बजे बोलाइएको बैठक अचानक स्थगित गरिएको थियो । त्यसको ११ दिनपछि पुनः बैठक बसेको थियो ।