Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कांग्रेसमा अन्तर्घात गरेको भन्दै ११ केन्द्रीय सदस्य र ७ जिल्ला सभापतिविरुद्ध उजुरी





काठमाडौँ । 

नेपाली कांग्रेसका केही केन्द्रीय कार्यसमिति सदस्य, जिल्ला सभापति र प्रदेशसभापतिविरुद्ध अनुशासनको उल्लंघनको उजुरी परेको छ। जारी केन्द्रीय कार्यसमिति बैठकमा अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले १९ जनाविरुद्ध अनुशासन उल्लंघनको उजुरी परेको जानकारी गराएका हुन्।

अधिकांशको उजुरी आम निर्वाचनमा, स्थानीय तहको, प्रदेशको र पार्टीको निर्वाचनमा अन्तर्घात गरेको उल्लेख रहेको उनले बताएका थिए।

‘११ जना केन्द्रीय सदस्य, १ जना प्रदेशसभापति र ७ जना जिल्ला सभापतिविरुद्ध अनुशासनसम्बन्धी कारबाहीको उजुरी प्राप्त भएको छ,’ उनले बैठकमा भने। उनले उजुरीमाथि छानबिनको काम जारी रहेको पनि बताए। बैठकमा कसकसलाई उजुरी परेको हो भन्नेबारे उनले विवरण खुलाएनन्।

कांग्रेस बैठकमा अधिकांश नेताहरूले अनुशासन समितिको भूमिकाप्रति प्रश्न उठाएका थिए। शेखर कोइरालादेखि अर्जुननरसिंह केसीसम्मले अनुशासन समिति पारदर्शी नभएको र मनलाग्दी गरेको आरोप लगाएका थिए।

यसबारे ढुंगानाले आज आइतबार जवाफ दिएका छन्। ‘प्रमाणको आधारमा हामीले कारबाही गरेका छौँ,’ उनले भने, ‘उजुरीको मात्र आधारमा हामीले कारबाही गरेका छैनौँ।’ नेताहरूलाई स्पष्टीकरण सोध्ने गरिएको पनि उनले सुनाए।