Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतमा रोयटर्स समाचार एजेन्सीको एक्स अकाउन्टलाई प्रतिबन्ध





काठमाडौं ।
अन्तरर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सको आधिकारिक एक्स अकाउन्टलाई भारतमा प्रतिबन्ध लगाइएको छ ।
बीबीसीका अनुसार, भारतले ‘कानुनी माग’का कारण प्रतिबन्ध लगाएपछि रोयटर्सले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । यद्यपि, रोयटर्स टेक न्यूज, रोयटर्स फैक्ट चेक, रोयटर्स पिक्चर्स, रोयटर्स एसिया र रोयटर्स चाइना लगायत रोयटर्सका अन्य केही एक्स अकाउन्टहरू भने अझै पनि काम गरिरहेका छन् ।
एक्सका अनुसार, अमेरिकासहित धेरै देशहरूमा रहेका कानुनका कारण केही पोस्ट वा एक्स अकाउन्टको सामग्रीमा प्रतिबन्ध लागु हुने गर्छन् । एक्सले भनेको छ, ‘हामीले हाम्रा सेवाहरूलाई अवरोधरहित रूपमा प्रदान गर्न प्रयास गर्दा, यदि कुनै देशमा अधिकार प्राप्त निकायबाट वैध र उपयुक्त अनुरोध प्राप्त हुन्छ भने केही सामग्रीलाई रोक्नु आवश्यक हुन सक्छ ।’
एक्सले थपेको छ, ‘अदालतको आदेश आएमा सामग्री रोक्न सकिन्छ, साथै यो स्थानीय कानुनको आधारमा पनि गरिन सक्ने कारबाही हो ।