Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भ्रष्टाचार गर्नकै लागि वैदेशिक ऋण नलिन सांसद अमरेशकुमार सिंहको माग





काठमाडौं ।
प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले भ्रष्टाचार गर्न वैदेशिक ऋण लिने काम नगर्न आग्रह गरेका छन् । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमा लगानी गर्न उचित नरहेको तर्क गरे ।
सांसद सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने धारणा राखे । ‘मधेस प्रदेशमा त्यत्रो जनसंख्या छ तर त्यहाँ एयरपोर्ट छैन । भैरहवामा छ, एउटै प्रदेशमा दुई वटा बनेका छन् । तर प्रयोग हुन सकेको छैन,’ उनले भने, ‘भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको छ । विमानस्थलहरुलाई अलिकति सही ढंगले सदुपयोग हुने बनाउनुपर्छ ।’
उनले थपे, ‘ विदेशीको ऋण लिन्छौँ भने त्यसबाट आम्दानी हुनुप¥यो नि ! ऋण भ्रष्टाचार गर्नका लागि मात्रै लिने परिपाटी छ, त्यसमा समितिमार्फत ध्यानाकर्षण गराउँछु । जहाँ धेरै जनता छन् त्यही संरचनाहरु निर्माण गर्नुपर्छ । आम्दानी नहुने ठाउँमा लगानी नगरौँ ।’
सांसद सिंहले भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको भन्दै अनुसन्धानको माग पनि गरे । उनले थपे, ‘भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौं ।’
सांसद सिंहले नागरिक धेरै भएको ठाउँमा नै संरचनाहरु बढी बनाउँदा प्रयोग बढी हुने तर्क गरे ।