Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधाम आलु प्याज व्यवसायिक संघको अध्यक्षमा सुरज निर्वाचित





जनकपुरधाम ।
जनकपुरधाम आलु प्याज व्यवसायिक संघको साधारण सभाबाट नयाँ नेतृत्व चयन गरिएको छ । संघको अध्यक्षमा सुरज साह निर्वाचित भएका छन् भने उपाध्यक्षमा अजय साह विजयी भएका छन् । अध्यक्षमा सुरजले ध्र्रुव साहलाई पराजित गरे भने अजयले धर्मेन्द्र साहलाई पराजित गरेर विजयी भएका छन् । बाँकी पदहरूमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् ।
मो. अलाउदीन राईनको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले गरे । प्रमुख अतिथि भण्डारीले संघको भावी नेतृत्वप्रति विश्वास व्यक्त गर्दै सहकार्यको प्रतिबद्धता जनाए ।
संघको सचिवमा मनोज साह, सह–सचिवमा संजय साह र कोषाध्यक्षमा सिकेन्द्र साह निर्विरोध निर्वाचित भए ।

कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज साह, महासचिव फुुलदेव पण्डित, कोषाध्यक्ष प्रमेश्वर साह, पूर्व अध्यक्ष जितेन्द्र महासेठ लगायत संघका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो ।