Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

वडाध्यक्षको नीजि लगानीमा कम्प्युटर कक्षा, २ सय युवा लाभान्वित





जनकपुरधाम ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामचन्द्र पजियारको निजी लगानीमा सो वडाका युवाहरुलाई लक्षित गर्दै संचालित निःशुल्क कम्प्युटर कक्षाबाट २ सय बढी युवाहरु लाभान्वित भएका छन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ३(२) का सभापति समेत रहेका वडाध्यक्ष पजियारले युवाहरुलाई प्रविधिसँग जोड्ने उद्देश्यले तीन महिने तथा छ महिने कम्प्युटर तालिम उपलब्ध गराउने लक्ष्य अनुरुप सो कक्षाको संचालनमा ल्याएका थिए । कम्प्युटर कक्षामा १४ देखि ३५ वर्षसम्मका २ सय जना युवाहरुले तालिम लिएका छन् ।

वडाध्यक्ष पजियारले आफ्नो वडाका युवाहरुकालागि आफ्नै नीजि लगानीमा यस्तो कक्षा संचालन गर्दा आफूलाई खुशीको अनुभूति भईरहेको प्रतिक्रिया दिएका छन् । उनले आगामी दिनमा इलेक्ट्रिसियन, प्लम्बर तथा महिलाहरुका लागि उद्यमसम्बन्धी तालिम समेत सञ्चालन गर्ने योजना रहेको बताए ।