Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भोजपुर नगरपालिकामा एकै परिवारका ४ जनाको हत्या





भोजपुर ।

भोजपुरमा एक व्यक्तिले आफ्नो परिवारका चार सदस्यको हत्या गरेका छन् । भोजपुर नगरपालिका २  बस्ने राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार उनी आफैंले प्रहरी कन्ट्रोल रुममा फोन गरेर आफूले चार जनाको हत्या गरेकाले पक्राउ गर्न आउन भनेका थिए । त्यसपछि तत्काल अस्थायी प्रहरी पोष्ट ओख्रेको प्रहरी टोली परिचालित भएको थियो ।

उनलाई प्रहरीले रामप्रसाद राई गाउँपालिका १ हर्बुभन्ज्याङ भन्ने स्थानमा प्रहरीले फेला परेको थियो । उनी पेटमा धारिलो हतियार प्रहार भएको अवस्थामा फेला परेका थिए ।

साथै उनका ससुरा ६८ बेलबहादुर गिरी, सासु बिन्दु गिरी र उनका श्रीमती र सालोको शव फेला परेको थियो । प्रहरीले श्रीमती र सालो ‘अन्डर एज’को भएको भन्दै नाम भने खुलाएको छैन ।

राजेन्द्रले दुई वर्ष अघि प्रेम बिवाह गरेका थिए । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।