Breaking 
शिक्षासेवी अग्रवाललाई राजर्षि जनक विश्वविद्यालयको सभा सदस्यमा नियुक्त | एमालेको पोलिटब्युरो बैठकमा परिमार्जित विधानको मस्यौदा पेश, शनिबारसम्मका लागि बैठक स्थगित | नेपालमा टेलिग्राम एप बन्द | साउन २१ भित्र शिक्षा ऐन जारी गर्न सरकारलाई शिक्षक महासंघको अल्टिमेटम | एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकताबीच एकता घोषणा | सिरहाको सुखीपुर नगरपालिकाबाट ७ सय किलो बढी गाँजा बरामद | संघीय लोकतान्त्रिक मोर्चाले सातै प्रदेशमा अन्तरक्रिया गर्ने | अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्धको मुद्दा सर्वोच्चमा पुग्यो | भारतीय क्रिकेटर मोहम्मद सामीकी पत्नीविरुद्ध हत्या प्रयासको आरोप | ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ |

पत्रकार महासंघ मधेसको प्रादेशिक कार्यालयको उद्घाटन





जनकपुरधाम ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालयको जनकपुरधामस्थित भानुचोकमा भव्य उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सरकारी अधिकारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रमको प्रमुख अतिथि महोत्तरीको भंगहा नगरपालिकाका नगरप्रमुख सञ्जीव साह थिए । उनले कार्यालयको रिबन काटेर उद्घाटन गर्दै पत्रकारिता क्षेत्रको विकास र प्रेस स्वतन्त्रताको सुदृढीकरणका लागि जनप्रतिनिधिहरूले आवश्यक सहयोग गर्नु पर्नेमा जोड दिए । उनले देशको हरेक राजनीतिक र सामाजिक परिवर्तनमा पत्रकारहरूको अतुलनीय योगदान रहेको पनि स्मरण गराए ।
समारोहमा नेपाल पत्रकार महासंघ मधेशका अध्यक्ष श्याम बञ्जारा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, लगायतका पदाधिकारीहरूको सहभागिता थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दहाल, नेपाल प्रहरीका डीआईजी उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरीका डीआईजी कृष्ण ढकाल, महासंघका सल्लाहकार राजेश कर्ण, केन्द्रीय सदस्यहरू सिकेन्द्र पासवान र राजु विश्वकर्मा, धनुषाका अध्यक्ष पुरन गुप्ता, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, बाराका अध्यक्ष रमेश सुवेदी, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झा, प्रेस युनियन मधेश प्रदेश अध्यक्ष सत्यप्रकाश श्रेष्ठ लगायतको उपस्थिति थियो ।