Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसको बजेटमाथिको छलफल आइतबारदेखि हुने





जनकपुरधाम ।
मधेस सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि आइतबारदेखि छलफल हुने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमाथि छलफल गर्न आइतबार मधेस प्रदेशसभाको बैठक आह्वान गरिएको हो । आइतबार दिउँसो १ बजेका लागि मधेस प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते बजेट प्रस्तुत गरेपछि असार ११ गते बसेको बैठक आधा घण्टा समेत नचलि अनिश्चितकालका लागि स्थगित भएको थियो । सरकारको आग्रहमा सभामुख रामचन्द्र मण्डलले बैठक अनिश्चितकालका लागि स्थगित गरेपछि विपक्षी दलका सांसदहरुले आपत्ति जनाएका थिए ।
प्रतिपक्षी दलले बजेटमा सरकारले मनपरी गरेको आरोप लगाउँदै विरोध गर्ने तयारी गरेका थिए । असार १२ गते बोलाइएको बैठक १ घण्टा अगावै बस्नुअघि अनिश्चितकालका लागि स्थगित गरेपछि विपक्षी दलहरुले त्यसपछि बस्ने प्रदेशसभाको बैठक बहिष्कार गर्ने तयारी गरेका थिए ।
प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी लगायतका दलले आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएका थिए ।