Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जसपाका मधेस प्रदेश अध्यक्ष अशोक यादवलाई ‘तत्काल पक्राउ गर्न’ प्रहरी परिचालन





जनकपुरधाम ।
जनता समाजावादी पार्टी (जसपा)का मधेस प्रदेशका अध्यक्ष अशोक यादवलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।
सर्लाही जिल्ला प्रहरी कार्यालयका एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोपमा पक्राउ पुर्जी जारी गरिएका उनलाई प्रहरीले खोजिरहेको हो । उनलाई तत्काल पक्राउ गर्न जिल्लामा रहेका सम्पूर्ण प्रहरी युनिट खटाइएको सर्लाही जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए ।
‘उनलाई तत्काल पक्राउ गर्न प्रहरी खटिएको छ’, डीएसपी राईले भने, ‘अहिलेसम्म पक्राउ गरिसकिएको छैन । यति बुझ्नूस्, उनलाई प्रहरीले तीव्र रूपमा खोजिरहेको छ । सबै कुरा अहिले बताउन मिल्दैन ।’
जसपाका मधेस प्रदेश अध्यक्ष यादवले टेलिफोनमा एसपी खड्कालाईलाई तराइमा लुट्न आएको लुटेरा भनेर धम्क्याइरहेको अडिओ संवाद सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । आपराधिक उपद्रव कसुरमा सर्लाही जिल्ला अदालतले शुक्रबार मात्र यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
रातिको समय सर्लाहीस्थित भौतिक पूर्वाधार कार्यालयमा सुरक्षा दिँदा यादवले एसपीलाई धम्क्याएको दाबी प्रहरीले गरेको छ । सार्वजनिक अडिओमा यादवले प्रहरीलाई किन त्यहाँ सुरक्षा दिएको भन्दै तथानाम गाली गरेका छन् ।
यादवले यसअघि पनि प्रदेश मन्त्रीलाई यस्तै धम्कीपूर्ण भाषामा म्यासेज पठाएको पाइएको छ । उक्त म्यासेजलगायत पनि प्रमाणका रूपमा लिइएको प्रहरीले जनाएको छ ।