

नेपालमा दैनिक ४ करोड र वार्षिक रूपमा ३० अर्बभन्दा बढी रुपैयाँबराबरको चामल आयात हुँदै आएको छ ।
विगत पाँच वर्षमा अर्थात् आर्थिक वर्ष २०७४–७५ देखि आव २०७८/७९ सम्ममा भएको धानको उत्पादन तुलनात्मक २०७८/७९ सम्मको न्यून उत्पादन भएको जनाइएको छ । धान थन्क्याउने समयमा २०७८ असोज ३१ देखि कात्तिक ३ गतेसम्म हो । तर, आँधीबेहोरी र हावाहुरीसहितको अप्रत्याशित वर्षाले धानमा क्षति पुगेकाले २०७८/७९ मा धान उत्पादन घट्न गएको हो ।
२०७८/७९ मा २०७७/७८ भन्दा ५ लाख मेट्रिकटन कमको धान उत्पादन भएको छ । यद्यपि, २०७८/७९ मा मौसम अनुकूल हुँदा पनि २०७८/७९ मा धान उत्पादन घटेको छ । २०७८/७९ मा ५१ लाख ३० हजार मेट्रिकटन मात्र उत्पादन भएको देखिन्छ । तर २०७७/७८ मा ५६ लाख २१ हजार ७ सय १० मेट्रिकटन धान उत्पादन भएको यियो । २०७७/७८ भन्दा २०७८/७९ मा ४ लाख ९१ हजार मेट्रिकटन कम धान उत्पादन भएको देखिन्छ ।
२०७७/७८ को तुलनामा धानबाली लगाइएको क्षेत्रफल करिब ४ हजार हेक्टरको वृद्धि भए पनि उत्पादकत्व ९.०९ प्रतिशतले कमी आई उत्पादकत्व ३.४७ मेट्रिकटन प्रतिहेक्टरमा सीमित हुन पुगेको बताइन्छ । धानकोे उतपादन २०८१ मा ५७ लाख मेट्रिकटन भएको छ । २०७७/७८ को तुलनामा २०७८/७९ मा गण्डकी प्रदेशमा बाहेक अन्य प्रदेशमा धान उत्पादन घटेको छ । २०७७/७८ को तुलनामा सुदूरपश्चिम प्रदेशमा ३१.४९ र लुम्बिनी प्रदेशमा १८.३८ प्रतिशतले उत्पादन घटेको हो ।
चैते धानको उत्पादन भने २०७७/७८ को तुलनामा ०.३३ प्रतिशतले वृद्धि भई ४.६८ मेट्रिकटन प्रतिहेक्टर पुगेको देखिन्छ । प्रत्येक वर्ष असारको मध्यमा देशमा राष्ट्रिय धान दिवस मनाउन थालेको १८ वर्ष पुग्न आँटेको छ । मूल त धानको औसत उत्पादकत्व विश्वमै निकै कम ३.५ मेट्रिकटन प्रतिहेक्टर रहेको अनुमान छ । एफएओअनुसार सन् २०१८ मा विश्वमा धानको उत्पादकत्व ४.७ टन प्रतिहेक्टर रह्यो ।
०७५/७६ मा धानको उत्पादन १२ देखि १३ प्रतिशतले बढ्ने अनुमान रहेको थियो । २०७५/७६ मा मनसुनले राम्रो साथ दिएको हँुदा धान उत्पादन यतिले बढ्ने अनुमान गरिएको थियो । पछिल्ला वर्षमा कुल खेतीयोग्य जमिनको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर थियो । २०७५/७६ मा कुल ५६ लाख १० हजार मेट्रिकटन धान उत्पादन धएको छ । २०७४/७५ मा ५१ लाख ५१ हजार मेट्रिकटन चामल उत्पादन भएको थियो । २०७४/७५ भन्दा नौ प्रतिशतले धान उत्पादन बढेको थियो । २०७४/७५ मा धानको उत्पादकत्व ३.५ प्रतिशत रहेकोमा २०७५/७६ मा उत्पादकत्व ३.६९ प्रतिशत थियो ।
स्रोतअनुसार नेपालमा २०७४/७५ मा १४ लाख ६९ हजार ५ सय ४५ हेक्टरमा धान रोपाइँ भएको थियो । सो धानखेती रोपाइँ भएकोमा ५१ लाख ५१ हजार ९ सय २५ मेट्रिकटन धान उत्पादन भएको थियो । २०७३/७४ मा नेपालमा १५ लाख ५२ हजार ४ सय ९६ हेक्टरमा धान रोपाइँ भएकोमा ५२ लाख ३० हजार ३ सय २७ मेट्रिकटन उत्पादन टन उत्पादन भएको थियो । २०७२/७३ मा १३ लाख ६२ हजार ९ सय ८ हेक्टर जमिनमा धानखेती भएकोमा सो वर्ष ४२ लाख ९९ हजार ७८ मेट्रिकटन धान उत्पादन भएको थियो । कुल खेतीयोग्य जमिनमध्ये ५० प्रतिशत जमिनमा धानखेती गर्ने गरिन्छ । नेपाल पहाडी देश भएको हुँदा नेपालको अधिकांश जमिन आकाशे सिँचाइमा निर्भर छ ।
२०७५/७६ मा धानको उत्पादन बढ्यो । २०६२/६३ देखि २०७२/७३ सम्मको ११ वर्ष दुई वर्षमात्रै ५० लाख टन धान उत्पादन भएको थियो । तीन वर्षयता धानको उत्पादन बढेको छ । २०७५/७६ मा २०७४/७५ भन्दा ४ लाख १२ हजार मेट्रिकटन बढी उत्पादन भएको थियो । यो उत्पादन देशको मागभन्दा अझै झन्डै १० लाख मेट्रिकटन कम हो । धान खेत क्षेत्रफल कम हँुदै गएको भनियो । २०७५/७६ मा बेलैमा वर्षा भएको तथा मलको वितरण पनि आवश्यकताअनुसार समयमै हुन सकेकाले उत्पादन बढेको आधिकारिक भनाइ रह्यो । २०७४/७५ मा झन्डै २०–२४ अर्ब रुपैयाँको चामल आयात भएको थियो । २०७५/७६ को चार महिनामै १२ अर्ब रुपैयाँको बढीको चामल आयात भएको थियो । करिब चार लाख मेट्रिकटन बढी उत्पादनले आयात घट्ने देखिँदैन । धान खेतको संरक्षण तथा आधुनिक र दिगो खेती प्रणालीले मात्रै माग धान्नेगरी उत्पादन बढाउन सकिन्छ ।
वार्षिक ७ लाख मेट्रिकटन रासायनिक मल चाहिन्छ । मागको करिब ५० प्रतिशत पनि मल उपलब्ध हुन सकेको छैन । सरकारले २०७५/७६ मा मल खरिद गर्न ६ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । प्लटिङले धान खेत मासिँदै गएको छ । कुनै वर्ष जिल्ला जिल्लामा पर्याप्त वर्ष नहुँदा किसानले खेत बाँझै राख्नुपर्ने अवस्था आएको देखिन्छ । २०७३/७४ मा देशमा धान उत्पादनमा नेपालको इतिहासमै नयाँ रेकर्ड कायम भएको थियो । यसो हुनुमा तराईका १० जिल्लामा महŒवपूर्ण भूमिका भएको बताइन्छ । तराईका खाद्यान्न भण्डारका रूपमा रहेका तराईका १० जिल्लामा समयमै पानी नपरेका कारण विगतका केही वर्षदेखि उत्पादन बढाउन सकिएको थिएन ।
२०७३/७४ मा भने अत्यधिक धान उत्पादन भएको बताइएको थियो । २०७२/७३ को तुलनामा २०७३/७४ मा समग्र देशमा धानको उत्पादन २१.६६ प्रतिशले उत्पादनमा वृद्धि भएर २०७३/७४ मा ५२ लाख ३० हजार मेट्रिकटन अर्थात् ५ अर्ब २० करोड केजी धान उत्पादन भएको थियो । यो उत्पादन हालसम्मकै उच्च परिमाण भएको बताइएको थियो । २०७२/७३ को तुलनामा २०७३/७४ मा करिब ९ लाख मेट्रिकटन बढी धान उत्पादन भएको थियो । पछिल्लो केही वर्षमा धान उत्पादनको हिसाबले निकै तल पुगेका केही जिल्लामा २०७३/७४ मा अघिल्लो वर्षमा जति उत्पादन विन्दु नाघेका कारण २०७३/७४ मा आश्चर्यजनक रूपमा धानको उत्पादन बढेको बताइएको थियो । कुनै वर्ष उच्च बिउ, मल, प्रविधि र वर्षालगायतका कारण धान उत्पादनले रेकर्ड कायम गरेको बताइन्छ ।
२०७३/७४ भन्दा अघि २०६८/६९ मा सबैभन्दा बढी ५० लाख ७२ हजार मेट्रिकटन उत्पादन भएको थियो । २०७०/७१ मा ५० लाख ४७ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । तर, २०७१/७२ मा ४७ लाख ८८ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । उत्पादनमा यसरी सुधार आयो भने चाहिँ नेपाल केही वर्षमा नै खाद्यान्नमा आत्मनिर्भर बन्नेछ । नेपालमा दैनिक ४ करोड र वार्षिक रूपमा ३० अर्बभन्दा बढी रुपैयाँबराबरको चामल आयात हँुदै आएको छ । नेपाललाई वार्षिक रूपमा करिब ३३ लाख मेट्रिकटन चामल आवश्यक पर्छ । त्यसो त उत्पादन बढे पनि अझै करिब ८ लाख मेट्रिकटन चामल अपुग हुन्छ नै । नेपाल चामलमा आत्मनिर्भर हुन थप १३ लाख मेट्रिकटन धान उत्पादन गर्नुपर्ने देखिन्छ ।
उन्नत जातका धानले धेरै उत्पादन दिए पनि रासायनिक मल बढी आवश्यक पर्ने र घरैमै फलेको बिउले काम नगर्ने समस्या किसानले भोग्दै आएका छन् । कुनै वर्ष वर्षासँगै विभिन्न जिल्लामा अधिकांश नदी–खोलानालाहरूमा आएको बाढीले कैयौं हेक्टरमा लगाइएको धानबाली डुबानमा पर्दै आएको छ । धानको उत्पादन बढ्नुमा धान बालीमा विभिन्न समयमा पर्याप्त वर्षा हुनु, रसायन मलको आपूर्ति बढ्नु, प्राकृतिक प्रकोप नहुनु, रोपाइँ क्षेत्रफत्र बढी हुनु, वर्णशंकर जातका धानको क्षेत्रफल बढ्नु र कृषि आधुनिक परियोजना ७ वटा र ३ सुपर जोनबाट बृहत् रूपमा कार्यक्रम सञ्चालन हुनु हो भनिन्छ ।
