Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ट्रम्पको नयाँ बजेट विधेयक पारित भएसंगै अमेरिकी ऋणको चिन्ता बढ्दै, विश्वभर आर्थिक संकट गहिरिने सम्भावना





एजेन्सी ।
अमेरिकी संसदबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले “बिग ब्युटिफुल बजेट बिल“ भनेर नाम दिएका बजेट विधेयक पारित भएको छ । यस विधेयकले अमेरिकाको पहिल्यै ३७ ट्रिलियन डलरको सरकारी ऋणमा थप ३ ट्रिलियन डलरको भार थप्ने अनुमान गरिएको छ ।
विधेयकले कर कटौतीलाई प्राथमिकता दिएको छ, जसको आलोचना ट्रम्पका पूर्वसहयोगी इलन मस्कले समेत गरेका छन् । मस्कले यसलाई “घृणित र वितृष्णाजनक“ भन्दै आलोचना गरेका छन् ।
डलरको कमजोरी र बढ्दो ब्याजदरले पनि चिन्ता बढाएको छ । हाल डलरको मूल्य पाउन्डको तुलनामा १० प्रतिशत र युरोको तुलनामा १५ प्रतिशतले घटेको छ । ऋणको दिगोपनमा शंका बढ्दै गर्दा लगानीकर्ताहरूले अब अमेरिकी ऋण खरिद गर्न उच्च ब्याजदर माग गर्न थालेका छन् ।
यो अवस्था त्यतिबेला आएको हो जब अमेरिका, युरोपेली संघ र बेलायतको तुलनामा ब्याजदर बिस्तारै घटाउँदैछ । सामान्यतः यस्तो कदमले डलरलाई बलियो बनाउने हो, तर यसपटक त्यसको उल्टो असर देखिएको छ ।
विश्वकै सबैभन्दा ठूलो हेज फन्ड ‘ब्रिजवाटर एसोसिएट्स’ का संस्थापक रे डालियोले अमेरिकी ऋण अब निर्णायक मोडमा पुगेको दाबी गरेका छन् । उनका अनुसार हालको प्रवृत्ति जारि रहेमा अमेरिका चाँडै नै वार्षिक १० ट्रिलियन डलर ऋण र ब्याज भुक्तानीमा खर्च गर्न बाध्य हुनेछ ।
डालियो भन्छन्, “यदि अहिले नै समाधान नगरेमा यस्तो संकट आउन सक्छ, जसलाई ठूलो वित्तीय दुर्घटनाबिना व्यवस्थापन गर्न सकिँदैन ।”