

काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि जनकपुर बोल्ट्स ७ खेलाडी रिटेन गरेको छ ।
अघिल्लो संस्करणको च्याम्पियन टोली बोल्ट्सले सामाजिक संजालमार्फत आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको जनाएको छ । रिटेन हुने खेलाडीमा आसिफसहित अनिलकुमार शाह, ललित राजवंशी, रुपेश सिंह, किशोर महत्तो, शुभ कंशाकार र तुलबहादुर थापा छन् । हेमन्त धामी, शेर मल्ल,आकाश त्रिपाठी र अरनिको प्रसाद यादव रिलिज भएका छन् ।
त्यस्तै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि ७ खेलाडीलाई रिटेन गरेको छ । कर्णालीले कप्तान तथा मार्की प्लेयर सोमपाल कामीसहित ७ खेलाडीलाई रिटेन गरेको हो ।
सोमपालसहित गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिश विक्रमसिंह ठकुरी छन् । यस्तै ट्यालेन्ट हन्टबाट ल्याइएका विपीन शर्मालाई पनि कर्णालीले रिटेन गरेको छ ।
कर्णालीले देव खनाल, भुवन कार्की, रित गौतम, दीपक डुम्रेलाई भने रिलिज गरेको छ । कर्णाली पहिलो संस्करणमा प्लेअफसम्म पुगेको थियो ।
यसअघि सुुदूरपश्चिम रोयल्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सले रिटेन हुने खेलाडीको नामावली सार्वजनिक गरिसकेका छन् ।
यता आगामी संस्करणका लागि पोखरा एभेन्जर्सले ७ खेलाडी रिटेन गरेको छ । एभेन्जर्सले सामाजिक संजालमार्फत कप्तान कुशल भुर्तेलसहित ७ खेलाडीलाई रिटेन गरेको जनाएको छ ।
रिटेन हुने खेलाडीमा भुर्तेलसहित दीनेश खरेल, सागर ढकाल, किरण कुमार ठगुन्ना, विपिन खत्री, आकाश चन्द र त्रितराज दास छन् । पोखराबाट सुनम गौतम, दिलिप नाथ, नारायण जोशी, अमृत गुरुङ र सुदीप अर्याल रिलिज भएका छन् ।
यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स र चितवन राइनोजले ६–६ खेलाडी रिटेन गरिसकेका छन् ।
काठमाडौं गुर्खाजले ६ खेलाडी रिटेन गरेको छ । गुर्खाजले सामाजिक संजालमार्फत कप्तान करण केसीसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको छ ।
रिटेन हुने खेलाडीमा केसीसहित भीम सार्की, शाहव आलम, दीपेश कंडेल, रसिद खान र प्रतीक श्रेष्ठ छन् । काठमाडौंबाट कृष्ण कार्की, सुमित महर्जन, शंकर राना, राजु रिजाल र विवेक केसी रिलिज भएका छन् ।
त्यस्तै लुम्बिनी लायन्सले ६ खेलाडी रिटेन गरेको छ । लुम्बिनीले सामाजिक संजालमार्फत कप्तान रोहित पौडेलसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको छ ।
रिटेन हुने खेलाडीमा पौडेलसहित सन्दीप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिशेष गौतम र तिलक भण्डारी छन् । यसअघि सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले ६ खेलाडी रिटेन गरिसकेका छन् । लुम्बिनीबाट सुर्य तामाङ, अर्जुन साउद, आशुतोष घिरैया, दुर्गेश गुप्ता र विकास आग्री रिलिज भएका छन् ।
चितवन राइनोजले ६ खेलाडी रिटेन गरेको छ । चितवनले सामाजिक सञ्जालमार्फत कप्तान कुशल मल्लसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको हो । रिटेन हुने खेलाडीहरुमा मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, अमरसिंह रौटेला, दीपक बोहरा र गौतम केसी छन् ।
सुदूरपश्चिम रोयल्सले ६ खेलाडी रिटेन गरेको छ । सुदूरपश्चिमले सामाजिक संजालमार्फत कप्तान दीपेन्द्रसिंह ऐरीसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको छ । रिटेन हुने खेलाडीमा ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद छन् ।
अघिल्लो संस्करणमा सुदूरपश्चिम उपविजेता बनेको थियो । अर्जुन कुमाल, नरेश बुढाऐर, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई भने सुदूरपश्चिमले रिलिज गरेको छ ।
