Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मणिमण्डपको नवनिर्मित भवन साउन पहिलो साता जनकपुरधाम उपमहानगरलाई हस्तान्तरण गरिने





जनकपुरधाम ।

धनुषाको जनकपुरधाममा रहेको मणिमण्डप स्थित नयाँ राम जानकी विवाह मण्डपको निर्माण कार्य अन्तर्गत पहिलो चरणको कार्य अन्तिम चरणमा पुगेको छ । नव निर्मित विवाह मण्डपले धार्मिक पर्यटनको संभावना बलियो बनाउने अपेक्षा गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१३ मा रहेको मणिमण्डपमा नयाँ विवाह मण्डपको निर्माण कार्य सम्पन्न गरेर संघीय शहरी भवन निर्माण कार्यालय धनुषाले हस्तान्तरण गर्ने तयारी गरेको छ । ४ विघा क्षेत्रफलमा फैलिएको विवाहमण्डपमा नयाँ आकर्षक भवनहरुको निर्माण भईरहेको देखेर स्थानीय हर्षित छन् ।

शहरी विकास मन्त्रालयको ‘सघन सहरी कार्यक्रम’ अन्तर्गत २०७५ मंसिर २४ गते रविना कन्स्ट्रक्सनले १८ करोड ९१ लाख ५१ हजार ४ सय ६० रुपैयाँमा ठेक्का लिएको उक्त भवन निर्माण कार्य अन्तिम चरणमा पुर्याएको संघीय शहरी भवन निर्माण कार्यालय धनुषाका प्रमुख विनोद यादवले जानकारी दिए । कार्यालयका अनुसार मणिमण्डपको निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भईसकेको छ । साउन पहिलो साता उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशमान सिंहको उपस्थितिमा स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी गरिएको हो ।

मण्डपकै छेउमा मिथिला क्षेत्रको झल्को दिनेगरी राजा जनकको दुई तले दरबारको निर्माण पनि गरिएको छ । शुरुमा विवाहमण्डपको जग्गाको विषयलाई लिएर विवाद हुँदा भवन निर्माणको कार्य सम्झौता भएको एक वर्षपछि मात्रै शुरु भएको थियो । जनकपुरधाममा प्रत्येक वर्ष हुने विवाहपञ्चमी तथा सामूहिक विवाह कार्यक्रमकालागि बेहुला पक्ष, बेहुली पक्ष तथा जन्तीकालागि बेग्लाबेग्लै भवनहरु निर्माण गरिएको छ ।

जनकपुरधाममा रहेको प्राचिन रामजानकी विवाहको वेदीको छेउमै भवनहरु निर्माण गरिँदा पर्यटकीय दृष्टिकोणले आझेलमा पर्दै गईरहेको यो स्थलको प्रचार प्रसार हुनुका साथै पर्यटकीय चहलपहल बढ्ने स्थानीयको विश्वास छ ।

मणिमण्डपको पहिलो चरणको निर्माण कार्यक्रम अन्तिम चरणमा पुगेपछि दोस्रो चरणकालागि समेत बजेट छुट्याइएको संघीय शहरी भवन निर्माण कार्यालय धनुषाले जनाएको छ । त्यस्तै सोही ठेक्कामा जनकपुरधाम वडा नम्बर ९ स्थित रामजानकी मन्दिर, अग्निकुण्डमा हनुमान मन्दिर, चित्रगुप्त सेवा समितिको भवन र मणिमण्प नजिकैको पोखरीको सौन्दर्यीकरण समेत गरिनेछ ।