Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रदेश सरकार गठनको अन्यौलता चिर्न विशेष कानुन नै बनाउन सर्वोच्चको निर्देशनात्मक आदेश





काठमाडौँ ।
सर्वोच्च अदालतले प्रदेशहरुमा सरकार गठनलाई प्रभावकारी बनाउन छुट्टै संघीय कानुन बनाउन निर्देशनात्मक आदेश जारी गरेको छ ।
प्रदेशहरुमा सरकार गठनका सम्बन्धमा उत्पन्न हुने झमेला, अन्योल र विवाद कम गर्न संघीय सरकारले नै कानुन बनाएर लागू गर्नुपर्ने आवश्यकता भएको ठहर पूर्ण इजलासले गरेको हो। सर्वोच्चले प्रदेशहरुमा सरकार गठन हुने धारा १६८ मा भएका व्यवस्थाहरु अपर्याप्त र कतिपय अवस्थामा अस्पष्ट रहेको ठहर गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा २०८१ वैशाखमा सरकार गठन हुँदा भएको विवादबारे परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, कुमार चुडाल र सुनिलकुमार पोखरेलको पूर्ण इजलासले प्रदेशमा सरकार गठनलाई प्रभावकारी बनाउन कानुनका प्रावधानसमेत पहिचान गरेर निर्देशनात्मक आदेश दिएको हो ।
प्रदेश संरचनाको कार्यान्वयन सुरु भएसँगै सबै प्रदेशहरुमा सरकार गठनमा झमेला हुँदै आएको छ । कुनै पनि दलको बहुमत नहुँदा दलहरु मिलेर सरकार गठन गर्दा एकपछि अर्को खालका विवाद अदालतमा प्रवेश गरेको अवस्थामा सर्वोच्चले स्पष्ट कानुन बनाउन भनेको हो ।
आदेशमा भनिएको छ, ‘विवादमा देखिएका केही संवैधानिक र कानूनी प्रक्रियाहरुका सम्बन्धमा स्पष्ट नीति र मापदण्ड निर्माण भई भविष्यमा हुने मुख्यमन्त्री नियुक्तिको प्रक्रियालाई बस्तुनिष्ठ, पारदर्शी र द्विविधामुक्त बनाउनका लागि विपक्षीहरुका नाममा निम्नबमोजिम निर्देशनात्मक आदेश जारी गरिदिएको छ ।’
सरकार गठनको विवादमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, प्रदेशका प्रदेशसभा र प्रदेश प्रमुखहरु मुख्य गरी विवादमा पर्दै आएका छन् । अल्पमत बहुमतको सामान्य विषयसमेत अदालत आउने, निष्पक्ष भूमिकामा रहनुपर्ने सभामुख आफै सरकार गठनमा अग्रसर हुने, प्रदेश प्रमुखहरुले संघीय सरकारको ठाडो निर्देशनमा पदीय जिम्मेवारी बिर्सिएर काम गर्नेजस्ता समस्या सिर्जना हुँदै आएका छन् ।