Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सर्वोच्चको आदेशपछि त्रिभुवन विश्वविद्यालयमा आंशिक प्राध्यापकले खोले ताला, विद्यार्थीको भने यथावत्





काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयमा आंशिक प्राध्यापकहरूले उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र सेवा आयोगको कार्यालयमा लगाएको ताला खोलेका छन् ।
सर्वोच्च अदालतले बुधबार गृह मन्त्रालय, प्रहरी कार्यालय र प्रशासनलाई ताला खोल्न आदेश दिएपछि शुक्रबार बिहान आंशिक प्राध्यापकहरूले आफैं ताला खोलेका हुन् । ३० जेठदेखि फास्ट ट्रैकबाट प्राध्यापक नियुक्तिको विरोधमा तालाबन्दी गरिएको थियो ।
शुक्रबार त्रिविको ६६औँ वार्षिकोत्सवको दिन भएकाले कार्यक्रम सुरु हुनुअघि नै ताला खोलिएको हो । रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले प्राध्यापकहरूद्वारा ताला खोलिएको जानकारी दिएका छन् ।
यता, स्नातक पहिलो वर्षको भर्ना खुलाउन माग गर्दै नेविसंघ निकट विद्यार्थीहरूले लगाएको ताला भने अझै खुलेको छैन । उनीहरूले उपकुलपतिको कार्यकक्षमा तोडफोडसमेत गरेका थिए ।
त्रिविले तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गर्दै जाहेरी दिए पनि पक्राउ परेका दुई जनालाई छोडिएको छ र अहिलेसम्म कारबाही भएको छैन ।
अहिले उपकुलपति, रेक्टर र रजिस्ट्रार बाहिरै बसेर काम गरिरहेका छन् । विद्यार्थीहरूले आफैं ताला नखोले अदालतको आदेश अनुसार प्रशासनमार्फत ताला खोल्ने तयारी भइरहेको छ ।