Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रुपेन्देही उपनिर्वाचनको विषयमा संघीय लोकतान्त्रिक मोर्चामा विवाद, जनमतले अलग्गै उम्मेदवार उठाउने तयारीमा





काठमाडौँ ।
कात्तिक १७ गते रुपन्देही–२ मा हुने उपनिर्वाचनको विषयलाई लिएर तराई मधेसको सात दलीय संघीय लोकतान्त्रिक मोर्चामा विवाद उत्पन्न भएको छ । रुपन्देही–२ मा साझा उम्मेदवार उठाउने मोर्चामा सहमति भए पनि डा.सिके राउत नेतृत्वको जनमत पार्टीले त्यसमा असहमति जनाउँदै आफ्नो छुट्टै उम्मेदवार उठाउने भएको हो ।
असार १२ र १५ गते काठमाडौँमा बसेको मोर्चाको बैठकमा नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार उठाउने र त्यसलाई मोर्चाका दलहरूले समर्थन गर्ने सहमति गरेको थियो । तर जनमत पार्टीले त्यसमा असहमति जनाएको छ ।
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले रुपन्देही–२ मा जनमत पार्टीले आफ्नो उम्मेदवार उठाउने निर्णय गरिसकेको बताए । मोर्चाले के गर्छ, कसलाई उठाउँछ त्यो थाहा भएन तर जनमत पार्टीले एक्लै आफ्नो उम्मेदवार उठाउने उनले बताए ।
‘चुनावमा गठबन्धन गर्नका लागि मोर्चा बनेको होइन, हामीले मोर्चा गठन गर्ने बेलामा नै भनेका थियौँ कि कसैलाई नेता बनाउन वा चुनाव जिताउन मोर्चा बन्नु हुँदैन, त्यसमा सबै सहमत भएर मोर्चा गठन भएको हो, तर आज चुनावमा पनि सँगै जाने कुरा भइरहेको छ, त्यो जनमतलाई स्वीकार छैन, उनले भने, ‘रुपन्देहीको उपनिर्वाचनमा जनमत पार्टीले एक्लै चुनाव लड्छ कसैलाई समर्थन गर्दैन ।’
यो विषयले मोर्चा विभाजन हुन्छ कि एकजुट नै रहन्छ भन्ने जिज्ञासामा उनले भने, ‘यो विषयमा मोर्चाले के निर्णय गर्छ त्यसमा भर पर्छ । मलाई लाग्दैन कि यो सानोतिनो कुराले मोर्चा विभाजन हुन्छ, मोर्चामा भए पनि दलहरू आफ्नो निर्णय गर्न स्वतन्त्र छन् ।’
जनता समाजवादी पार्टी नेपालका महासचिव रामकुमार शर्माले उपनिर्वाचनमा एउटै उम्मेदवार बनाउने विषयमा जनमत पार्टीसँग छलफल भइरहेको बताए । त्यसमा जनमत पार्टीलाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको बताउँदै उनले मङ्गलवार मोर्चाको मूल कमिटीको बैठक बस्न गइरहेको र सो बैठकले उपनिर्वाचनको विषयमा टुङ्गो लगाउने बताए ।