Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

हुँदै नभएको विद्यालयको नाममा भ्रष्टाचार, अख्तियारले चलायो ४ जनाविरूद्ध मुद्दा





काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्तित्वमै नरहेको विद्यालयको नाममा योजना बनाई भ्रष्टाचार गरेको अभियोगमा चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।

डोल्पाको तत्कालीन दुनै गाविसस्थित दुर्गा प्राथमिक विद्यालय तिप्लाको नाममा विद्यालय भवन निर्माणको योजना बनाएर ७ लाख ६० हजार रुपैयाँ रकम हिनामिना गरेको अभियोगमा अख्तियारले बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

अनुसन्धानका क्रममा दुर्गा प्राथमिक विद्यालय नामको कुनै पनि विद्यालय त्यहाँ हालसम्म पनि सञ्चालनमा नरहेको, त्यही क्षेत्रका साविक वडामा श्री लालिगुँरास आधारभूत विद्यालय मात्र रहेको तथ्य पुष्टि भएको अख्तियारले जनाएको छ। शिक्षा कार्यालय र प्राविधिक टोलीको स्थलगत अनुगमन तथा प्रमाण सङ्कलनबाट उक्त विद्यालय काल्पनिक रहेको प्रमाणित भएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

सोही काल्पनिक विद्यालयको नाममा उपभोक्ता समिति गठन गरी निर्माण खर्च देखाएर तत्कालीन जिल्ला प्राविधिक कार्यालय डोल्पाका इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढाले आपसी मिलेमतोमा झुटा कागजात तयार पारी योजना लागू गरेको आयोगको दाबी छ।

उनीहरूले दुर्गा प्रा.वि.का नाममा जस्ता छाना र दुई कोठे भवन बनाएको झुट्टा विवरण प्रस्तुत गरी सरकारी कोषबाट रकम भुक्तानी लिएको पाइएको हो। चारै जनाविरुद्ध जनही ७ लाख ६० हजार रुपैयाँ बिगो कायम गरिएको छ ।