Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मागे केन्द्रीय बैंकको प्रमुखको राजीनामा





एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष जेरोम पावेललाई तत्काल पदबाट राजीनामा दिन भनेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेख्दै भनेका छन्, ‘धेरै ढिला भयो, उनलाई तुरुन्तै राजीनामा दिनुपर्छ !’
ट्रम्पले आफ्नै पहिलो कार्यकालमा जेरोम पावेललाई फेडरल रिजर्भका अध्यक्षको जिम्मेवारी दिएका थिए । तर ब्याजदर नघटाएको भन्दै ट्रम्पले पावेलको पटक–पटक आलोचना गर्दै आएका छन् ।
यद्यपि राष्ट्रपति ट्रम्पसँग पावेललाई पदबाट हटाउने अधिकार छ वा छैन भन्ने अझै प्रष्ट छैन । यसै वर्षको सुरुवातमा ट्रम्पले भनेका थिए, ‘पावेललाई बर्खास्त गर्ने मेरो कुनै योजना छैन ।’ तर उनले आलोचना भने निरन्तर गरिरहेका थिए ।
ट्रम्प आर्थिक विकासलाई प्रोत्साहन दिन फेडरल रिजर्भले ब्याजदर घटाओस् भन्ने चाहन्छन् । तर पावेलले मंगलबार भने, ‘यदि ट्रम्पका भन्सार नीतिहरूको असर अर्थतन्त्रमा नपरेको भए, केन्द्रीय बैंकले पहिले नै ब्याजदर घटाइसकेको हुनेथियो ।’