Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मन्त्रिपरिषद् पुनर्गठनको तयारीः नयाँ अनुहारलाई मौका, अधिकांश पुराना मन्त्री फेर्ने तयारी





काठमाडौँ ।
कांग्रेस–एमाले गठबन्धन सरकारको एक वर्ष पुग्न लागेसँगै मन्त्रिपरिषद् पुनर्गठनको तयारी सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणबाट फर्किएपछि नयाँ संरचना टुंगो लाग्ने जनाइएको छ ।
स्रोतका अनुसार कार्यक्षमता कमजोर देखिएका अधिकांश मन्त्रीहरूलाई फेर्ने र केही नयाँ अनुहारलाई मन्त्री बनाउने गृहकार्य सुरु गरिएको छ । एक वर्षे रोटेसनको समझदारीअनुसार पनि मन्त्री हेरफेरको दबाब बढेको छ ।
प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर अन्तिम निर्णय हुनेछ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री र सभापतिबीचको छलफलपछि मात्र निर्णय हुने बताएका छन् ।
हाल कांग्रेसका १० मन्त्रीमध्ये गृह, पर्यटन, कृषि, कानून र ऊर्जा मन्त्रालय सम्हाल्ने मन्त्रीहरूको कामप्रति पार्टीभित्रै असन्तुष्टि छ । देउवाले अधिकांशमा नयाँ अनुहार पठाउने तयारी गरेका छन् ।
एमालेका आठ मन्त्रीमध्ये अर्थमन्त्री विष्णु पौडेलबाहेक अधिकांशको कार्यसम्पादनप्रति प्रधानमन्त्री सन्तुष्ट नरहेको बताइएको छ । शिक्षा, भूमि, उद्योग र संघीय मामिला मन्त्रालय सम्हाल्ने मन्त्रीको काममा समेत प्रश्न उठेको छ ।
जसपा र लोसपाका मन्त्रीहरूको कामप्रति पनि असन्तुष्टि देखिएको छ । प्रधानमन्त्री ओली नयाँ अनुहारलाई प्राथमिकता दिने तयारीमा रहेको स्रोतले जनाएको छ ।
छलफल र निर्णयको प्रक्रिया तीव्र हुँदै गए पनि अन्तिम टुंगो प्रधानमन्त्री स्वदेश फर्किएपछि लाग्नेछ ।