Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महोत्तरीमा मरहा खोलाको खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु





जनकपुरधाम ।

महोत्तरीको मरहा खोलामा बालुवागिट्टी झिक्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका १० जलिल टोलीका दिनेश मण्डलकी ११ वर्षीया छोरी करिनाकुमारी मण्डल रहेकी छन् ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टका अनुसार बुधबार अपराह्न साढे ४ बजेको समयमा मरहा नदीको किनारमा बालुवागिट्टी झिकिएको खाल्डोमा जमेको पानीमा दुई बालिका नुहाउन पुगेका थिए ।

करिनाकुमारी पहिले नुहाउन पसेपछि उनी डुबेकी थिइन् । सँगै गएकी बालिकाले स्थानीयलाई बोलाएपछि स्थानीयले निकालेका थिए । उपचारका लागि बर्दिबास लग्दै गर्दा बाटोमै उनको मृत्यु भएको डीएसपी भट्टले बताए ।

क्रसर उद्योगीले त्यस क्षेत्रबाट अवैध रूपमा गिट्टी बालुवा झिक्दै आएका थिए ।