Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

त्रिभुवन विश्वविद्यालयको तालाबन्दी तत्काल खोल्न सर्वोच्चको आदेश





काठमाडौँ । 

त्रिभुवन विश्वविद्यालयको तालाबन्दी तत्काल खोल्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले लामो समयदेखि बन्द रहेको ताला खोल्न अन्तरिम आदेश दिएको हो।

अधिवक्ता महेश भट्टराईलगायतले त्रिविको उपकुलपति, रेक्टर, रजिष्ट्रार, सेवा आयोग लगायतलाई विपक्षी बनाएर तालाबन्दी खुलाउन माग गर्दै मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका थिए।

त्यस्तै त्रिवि आंशिक प्राध्यापक केन्द्रीय समितिका अध्यक्ष गोकुल लेछवा लिम्बु, सहअध्यक्ष राजेन्द्र आचार्य, महासचिव बैकुण्ठ थापा र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, क्रान्तिकारी त्रिविका कार्यवाहक अध्यक्ष शिवराज भट्टलाई समेत विपक्षी बनाइएको थियो।

त्रिभुवन विश्वविद्यालयमा ३४ दिनदेखि तालाबन्दी रहेको छ। इजलासले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी वृत्त कीर्तिपुरको नाममा तालाबन्दी नगर्न र नगराउन तथा ताला लगाएको भए खोल्न आदेश दिएको हो।

जेठ १४ गते  नेपाल विद्यार्थी संघले विभिन्न क्याम्पसमा स्ववियूमा निर्वाचित केही पदाधिकारीले उपकुलपति कार्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेका थिए।

आंशिक प्राध्यापक संघले जेठ ३० गते उपकुलपतिसहित रजिष्ट्रार, रेक्टर र सेवा आयोग कार्यालयमा तालाबन्दी गरेका थिए।