Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रामपुरका वासुदेवप्रसाद साह विमललाई आफ्नै ज्वाइले किन हत्या गरे ?

मेयरको काका हत्या प्रकरण





सुजीतकुमार झा
जनकपुरधाम ।
जनकपुरधाम १५ रामपुरका बासुदेवप्रसाद साह विमललाई आज विहान उहाँकै ज्वाइले हत्या गरेका छन् । जनकपुरधाम २१ कुर्थाका बेचन महासेठ आजै रामपुर पुगेर चक्कु प्रहार गरी हत्या गरेका छन् । ७५ वर्षिय विमल घरमा साइकल राखीरहेको बेला बेचनले चक्कु हानेको प्रत्यक्षदर्शी छोटुले बताएका छन् । बासुदेवको नाती पर्ने छोटु घर बाहिर उभिरहेको बेला त्यो घटना भएको हो । हजुरबुबा नामै लिएर कराएपछि आफू साइकल घरमा गएको र रगत हेरेपछि घरका अन्य सदस्यहरुलाई बोलाएका थिए । म घरमा प्रवेश गरेको बेला बेचन भागेको समेत उहाँले बताए ।
बासुदेवलाई टेम्पुमा अस्पताल ल्याएका भतिजो पर्ने प्रमोदकुमार साहले बाटोभरी काका जीबीत नै थिए तर केही बोलिरहेका थिएन । अस्पतालमा पुग्ने बितिकै मरेको जानकारी दिए । बासुदेवको पेटमा ४ ठाउँमा चक्कु प्रहार गरिएको छ ।
प्रमोदसँग आज बिहानै बेचनको भेट भएको थियो । ज्वाइ(मेहमान)ले काकालाई मार्नै आएको विश्वास भइरहेको छैन बताउदै उहाँले भन्नुभयो – केही मिनेट अघि मात्रै बेचनसँग भेट भएको थियो चिया खान पनि आग्रह गरेको थिए तर उहाँले बाहिर गइरहेकोले अर्को दिन चिया खाने बताएका थिए ।
हत्या गर्नु अघि बासुदेवका भतिजो पर्ने नन्दलाल साहसँग पनि बेचनको भेट भएको थियो । मलाइ त काकासँग पनि भेट भएको र बेचनसँग पनि तर काकाको हत्या भइहाल्छ विश्वास भइरहेको छैन् उहाँले बताउनुभयो । अनुहारले बेचन रिसाएको पनि जस्तो लागि रहेको थिएन नत्र उहाँसँग केहीबेर कुरो गरेर स्थिति सम्हाल्थे नन्दलालले बताउनुभयो ।
एकसाता अघि मात्रै जिल्ला प्रहरी कार्यालय धनुषामा बेचनलाई लिएर बासुदेवले सुरक्षाको माँग गर्दै निवेदन दिएका थिए । सुरक्षाको माँग गर्दै निवेदन दिन गएका बासुदेवका साथी बेचन मुखियाले आफू सँगै एकसाता अघि जिल्ला प्रहरी कार्यालय पुगेको थिए तर हत्या गरिदिन्छ विश्वास भइरहेको छैन बताउनुभयो । बेचन बाुदेवलाई निकै टर्चर गर्दै आएका थिए जसकारण उहाँलाई ठूलै समस्या भएको थियो बताउँदै मुखियाले आज बिहान पनि बासुदेव मेरो घर आएको थियो हत्यारा ज्वाइ भइहाल्छ अकल्पनीय घटना भएको छ उल्लेख गर्नुभयो ।
ज्वाइ बेचन आर्थिक समस्यामा परेको कारण ससुरासँग पैसा माँग्दै थिए । मुखियाले २५ वर्ष अघि भएको बिहेको दाइजो माँग्नु गलत रहेको बताउनुभयो । मैले बासुदेवलाई केहीदिन अघि भनेको पनि थिए केही पैसा दिइदिनको लागी तर जुनरुपमा बेचनको समस्या थियो त्यो थोरबहुतले पुग्ने अवस्थापनि थिइन फेरी बासुदेवले मलाइ भने बिहेमा ४ कट्ठा जमीन बिक्री गरेको अब कति उहाँलाई दिने मेरोपनि छोराहरु छन् त्यसपछि म चुप लागे मुखियाले बताउनु भयो ।
घटना लगतै प्रादेसिक अस्पताल जनकपुरधाम पुगेका मेयर मनोज साह पनि निकै आत्रोशित देखिन्थे । व्यापारमा घाटा लागेको छ भने ससुरासँग पैसा लिन आउने यो कहाँको न्याय हो आफै म्यानेज गर्नु पथ्र्यो यो हत्याले सम्बन्धलाई पनि समाप्त पार्ने कार्य गरेको उहाँले बताउनुभयो ।
घटना लगतै बेचन साह स्कूटीबाट भागेका थिए । प्रहरीले खोजी गरीरहेको धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले बताउनुभयो ।