Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दलाई लामाले उत्तराधिकारी चयन परम्परा यथावत रहने स्पष्ट पारे





एजेन्सी ।
तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले बुधबार एक भिडियो सन्देशमार्फत आफ्नो मृत्युपछि पनि धर्मगुरु चयन गर्ने परम्परा निरन्तर रहने स्पष्ट पारेका छन् ।
लामाले आफ्नो उत्तराधिकारी बारे यसअघि यसरी स्पष्ट रूपमा धारणा राखेका थिएनन् । तिब्बती बौद्ध धर्मका आध्यात्मिक नेताले उत्तराधिकारी चयनको विषयमा उनले यसपटक स्पष्ट धारणा राखेका छन् ।
उनले आफ्नो पुनर्जन्म पहिचान र खोज गर्ने सम्पूर्ण प्रक्रिया गदेन फोडरङ फाउण्डेशनको मातहतमा हुने उल्लेख गरेका छन् । ‘अन्य कसैलाई यसमा हस्तक्षेप गर्ने अधिकार छैन,’ उनले भने ।
दलाई लामालाई तिब्बतका संरक्षक देवता अवलोकितेश्वरको जीवित अवतार मानिन्छ । अवलोकितेश्वर भनेको बौद्ध धर्ममा करुणाका प्रतीक भगवान हुन् ।
दलाई लामाको परम्परा तीब्बतमा प्राचीन मानिन्छ । १५औँ शताब्दीदेखि अहिलेसम्म १४ जना दलाई लामा भइसकेका छन् ।
यस वर्ष मार्चमा प्रकाशित ‘भ्वाइस फर द भ्वाइसलेस’ नामक पुस्तकमा दलाई लामाले उत्तराधिकारीको जन्म सम्भवतः चीनबाहिर हुन सक्ने उल्लेख गरेका थिए ।
तिब्बती परम्पराअनुसार, दलाई लामाको निधनपछि उनको पुनर्जन्म भएको बालकको खोजी गरिन्छ र त्यसलाई नयाँ धर्मगुरुका रूपमा मान्यता दिइन्छ ।