Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

डा. जयकान्त राउत सहित दानबहादुर चौधरी जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष पदमा मनोनीत





काठमाडौँ ।

जनमत पार्टीले दुई जनालाई पार्टीको राष्ट्रिय उपाध्यक्ष पदमा मनोनीत गरेको छ । पार्टीको स्थायी समितिको निर्णयअनुसार कपिलवस्तु मायादेवी गाउँपालिकाका दानबहादुर चौधरी र सप्तरी महादेवा गाउँपालिकाका डा. जयकान्त राउतलाई मंगलबार उपाध्यक्ष मनोनीत गरिएको पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरीले बताए ।

राजनीतिक अनुभव र जनस्तरसम्मको प्रभावका आधारमा दुवै नेतालाई उपाध्यक्षमा मनोनीत गरिएको उनले बताए ।

वरिष्ठ नेता दानबहादुर चौधरीले आफ्नो राजनीतिक यात्रा २०३९ मा गाउँको प्रधानपञ्चको रुपमा सुरू गरेका थिए । २०५६ मा एमालेबाट कपिलवस्तु क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित भएका उनी २०६४ मा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट पनि संविधान सभा सदस्य भएका थिए । उनी उद्योग राज्यमन्त्री, सामान्य प्रशासन राज्यमन्त्री, र महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीको जिम्मेवारीसमेत सम्हाली सकेका छन् ।

उपाध्यक्षमा मनोनीत भएका अर्का उपाध्यक्ष राउत राष्ट्रिय परिषद्का अध्यक्ष एवं सङ्गठन विभाग प्रमुख हुन् । उनी राष्ट्रिय योजना आयोगको सदस्य समेत पनि भइसकेका छन् ।