Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बर्दिवासस्थित ६ बर्षिया बालिका गुलबसा खातुनको बलात्कारपछि हत्या अभियोगः पाँच वर्षपछि पक्राउ परे पतिपत्नी





जनकपुरधाम ।
महोत्तरीमा ६ वर्षीया बालिका गुलबसा खातुनको बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहर भएका पतिपत्नी पाँच वर्षपछि पक्राउ परेका छन् ।
बालिकाको बलात्कारपछि हत्य भएको घटनामा अदालतबाट दोषी ठहर भएका भई फरार रहँदै आएका बर्दिबास–१४ का ६० वर्षीय राजकिशोर साह र उनकी ५१ वर्षीया पत्नी सुशिला देवी पक्राउ परेका हुन् । लामोसमयदेखि भारतमा लुकेर बस्दै आएका उनीहरुलाई नेपालमा आफन्तलाई भेट्न आएको मौकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
उनीहरुलाई अपहरण, शरीर बन्धक र जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गरेको थियो । बालिका गुलवसा खातुनलाई घरबाट चकलेट किन्न भएको बेला २०७७ मंसिर ७ गते स्थानीय २६ वर्षीय अरुणकुमार साहले अपहरण गरेका थिए ।
त्यसपछि बालिकाको बलात्कारपछि हत्या भएको थियो । अरुणकुमार राजकिशोर शुशिलाका छोरा हुन् ।
सो घटनाको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा त्यतिबेला एक जनाको मृत्युसमेत भएको थियो । अरुणकुमारलाई प्रहरीले त्यतिबेलै पक्राउ गरेको भए पनि उनका बुवाआमा भने फरार थिए ।