

काठमाडौं ।
संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको हेरफेरप्रति चासो राख्दै राज्य व्यवस्था समितिका सदस्यहरुले सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् ।
नेपाली कांग्रेसकी सांसद एवं राज्य व्यवस्था समितिकी सदस्य सरिता प्रसाईंले ‘हामीले सर्वसम्मत पास गरेको प्रतिवेदन संसदबाट पास हुने बेला हेरफेर भएर आएको भन्ने विषयमा सभामुखलाई भेट्न लागिएको बताइन् ।
राज्य व्यवस्था समितिबाट विधेयकको प्रतिवेदन सर्वसम्मतिले पास हुँदा सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको दुई वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्था भएकोमा प्रतिनिधि सभाबाट पास भएको विधेयकमा हेरफेर गरिएको भन्दै कतिपयले विरोध जनाएका छन् ।
कांग्रेस नेता डा. शेखर कोइरालाले यसलाई ‘घोर अपराध’ र सार्वभौम संसदप्रतिको ‘अपमान’ भएको टिप्पणी गरेका छन् ।
