Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणको माग गर्दै काँग्रेसको स्मरणपत्र





जनकपुरधाम ।
नेपाली काँग्रेस धनुषाले राजर्षि जनक विश्वविद्यालयको भवन निर्माण प्रकृया अबिलम्ब अगाडी बढाउन माग गर्दै स्मरणपत्र बुझाएको छ । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पंजियार नेतृत्वको कांग्रेसी टोलीले राजर्षि जनक विश्वविद्यालयको स्थायी भवन निर्माण प्रकृया अगाडी बढाउन माग गर्दै विश्वविद्यालयका उपकुलपति अमर यादवलाई स्मरणपत्र बुझाएको हो ।
उपकुलपतिले राजनीतिक दबाबका कारण निर्माण प्रक्रिया रोकिएको बताए । सबै प्रक्रिया पूरा भए पनि राजनीतिक हस्तक्षेपले अवरोध आएको उनले स्वीकार गरे । हाल विश्वविद्यालयका संरचना भाडा र लिजमा सञ्चालन भइरहेका छन् ।
वि.सं. २०५३ मा प्रस्ताव गरिएको विश्वविद्यालयका लागि धनुषा र महोत्तरीका स्थानीय तहले आर्थिक सहयोग गरेका थिए । करिब १३ बिघा जग्गा उपलब्ध भए पनि अझै भवन नबन्दा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
कांग्रेसी टोलीले शिक्षालाई राजनीतिकरण नगर्न र चाँडै स्थायी संरचना निर्माण गर्न आग्रह गरेको छ । सो टोलीमा प्रदेशसभा सदस्य रामसरोज यादव, जनकपुरधामका नगरप्रमुख मनोज कुमार साह, नगराईनका नगरप्रमुख बिनय यादवसहितका काँग्रेसी नेताहरुको सहभागिता थियो ।