Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

तेहरानको जेलमा इजरायली आक्रमणबाट ७१ जनाको मृत्यु





तेहरान ।

गत साता इरानको राजधानी तेहरानको एभिन जेलमा इजरायली आक्रमणमा कम्तिमा ७१ जनाको मृत्यु भएको इरानको न्यायपालिकाले घोषणा गरेको छ ।

जुन २३ मा भएको आक्रमणका पीडितहरूमा जेल कर्मचारी, भर्ती गरिएकाहरू, जेलमा थुनिएका कैदीहरू, भेट्न आएका परिवारका सदस्यहरू र नजिकैका भवनहरूका बासिन्दाहरू समावेश रहेको न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरलाई उद्धृत गर्दै मिजान समाचार एजेन्सीले जनाएको छ ।

जहाँगीरले जेलमा गरिएको आतंकवादी र क्रूर आक्रमणबाट इजरायलले फेरि एक पटक अन्तर्राष्ट्रिय कानूनप्रति आफ्नो प्रतिवद्धताको कमी प्रमाणित गरेको बताए ।

जुन १३ मा, इजरायलले आणविक र सैन्य स्थलहरूसहित इरानका विभिन्न क्षेत्रहरूमा ठूला हवाई आक्रमणहरू सुरु गरेको थियो । १२ दिनको लडाईंपछि इरान र इजरायल बीच युद्धविराम भएको छ ।