Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

थाइलैण्डका प्रधानमन्त्रीको कल लिक भएपछि राजीनामाको माग गर्दै व्यापक प्रदर्शन





एजेन्सी ।
थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्राको विरोधमा हजारौँ मानिसहरू बैंककको सडकमा उत्रिएर उनको राजीनामाको माग गरेका छन् ।
सिनावात्रा र कम्बोडियाका पूर्व नेता हुन सेन बिचको फोन वार्ता लिक भएपछि प्रधानमन्त्रीविरुद्ध विरोध प्रदर्शन भएको हो । हालै दुई देशबिचको सीमामा भएको घटनाको बारेमा गरिएको उक्त फोनवार्तामा सिनावात्राले हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गर्दै विवाद सम्हालिरहेका थाई सैन्य कमाण्डर ‘केवल राम्रो देखिन चाहेको र कुनै उद्देश्य पूरा नगर्ने बयान दिएको’ बताएकी थिइन् ।
यो कुराले थाइल्याण्डमा जनतामा आक्रोश निम्त्याएको छ भने सत्तारुढ गठबन्धनको एक प्रमुख सहयोगीको राजीनामा पनि आएको छ । यद्यपि सिनावात्राले फोन कलका लागि माफी मागेकी छिन् । उनले यसलाई ’वार्ताको तरिका’ भन्दै बचाउ पनि गरेकी छन् । सिनावात्राले पत्रकारहरूलाई शान्तिपूर्ण विरोध गर्नु जनताको अधिकार रहेको स्पष्ट पारिन् ।