Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

टिपरको ठक्करबाट महोत्तरीमा एकको मृत्यु, एक घाइते





जनकपुरधाम ।
महोत्तरीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका–१ बगराका १७ वर्षीय नीतिश भगत रहेको महोत्तरीका प्रहरी नायव उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए । उनी मोटरसाइकल चालक हुन् ।
यस्तै मोटरसाइकलमा पछाडि सवार जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्माचोकका ३२ वर्षीय रुपेश भगत गम्भीर घाइते भएको उनले बताए ।
डीएसपी भट्टका अनुसार आइतबार साँझ साढे ७ बजे तिरको समयमा बर्दिबास जलेश्वर सडक खण्डमा बर्दिबासबाट जलेश्वरतर्फ गइरहेको प्रदेश २–०३–००१ क १३९१ नम्बरको टिपरले सोही दिसामा गइरहेको ज ११ प ६३७३ नम्बरको मोटरसाइकललाई टिम्कीया भन्ने ठाउँमा ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक नीतिशको उपचारको क्रममा बर्दिबास अस्पतालमा मृत्यु भएको डिएसपी भट्टले बताए ।
पछाडि सबार गम्भीर घाइते रुपेशको जनकपुरधामस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । घटना लगतै टिपर चालक सिन्धुलीको कमलामाई नगरपालिका ४६ वर्षीय सन्तलाल माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।