Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मोडेल खबरमा चर्चित ज्योतिष डा.विवेक पाण्डे, उहाँ भन्नुहुन्छ – ज्योतिषको पूर्वानुमानमा २ जोड २ बराबर ४ हुनैपर्छ





 

सुजीतकुमार झा
जनकपुरधाम ।
चर्चित ज्योतिष डा. विवेक पाण्डेले ज्योतिष पनि गणितनै भएकाले ज्योतिषको पूर्वानुमानमा २ जोड २ बराबर ४ हुनैपर्छ बताउनुभयो । उहाँले कहिलेकाही आफूले गरेको कामको मूल्यांकन आफै गर्दा राम्रा ज्योतिष र मैले गरेको भविष्यवाणी मिल्ने गरेको बताउनु भयो ।
मोडेल खबरसँग कुरा गर्दै डा. पाण्डेले भन्नुभयो – एकजनाको जन्मकुण्डली र अन्य कुरोलाई हेरेर मैले र मेरो बुबाले छुट्टा छुटै कुण्डली लेख्दा बराबर भेटाएको छु । डा. पाण्डेका बुबा अशोक पाण्डेपनि चर्चित ज्योतिष रहेका छन् । जो ज्योतिष ठीक–ठीक भन्न सक्दैन उहाँमा कतै कमजोरी होला उहाँको कथन थियो ।
उहाँले आफू कहाँ आउने व्यक्ति मध्ये कैरियर, विवाह र व्यवसाय सम्बन्धि सल्लाह लिनेको संख्या बढी रहेको बताउनु भयो । कुन विषय पढदा अगाडी बढन मदत पुग्छन यो विषयमा पनि निकै विद्यार्थी अभिभावकसँग आफू कहाँ आउने गरेको समेत बताउनुभयो ।
विज्ञान युगमा ज्योतिषको महत्व एउटा ज्योतिषाचार्यको रुपमा डा. पाण्डे कति देख्नुहुन्छ ? लगायत विभिन्न विषयमा उहाँसँग गरेको कुराकानी केहीबेरमा मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabar मा हेर्न सकिन्छ ।