Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अफताब आलमलाई दिइएको सफाइविरुद्ध सर्वोच्चमा तत्काल पुनरावेदन गर्न रास्वपाको माग





काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध तत्काल पुनरावेदन गर्न माग गरेको छ । रास्वपा सांसद सुमना श्रेष्ठले महान्यायाधिवक्ताको कार्यालयमा पत्र पठाएर सर्वोच्चमा पुनरावेदन गर्न माग गरेकी हुन् ।
उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसुरमा आलमलाई जेठ १४ गते सफाइ दिएको थियो ।
सोही मुद्दामा जिल्ला अदालत रौतहटले भने उनीसहित चारजनालाई दोषी ठहर गरी जन्म कैदको सजाय तोकेको थियो । आलम ललितपुरको नख्खु कारागारमा जन्म कैद भुक्तान गरिरहेका थिए। उच्चको फैसलापछि उनी रिहा भइसकेका छन् ।
२०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटको घाइतेलाई इँटा भट्टामा लगेर जलाएको अभियोग आलममाथि छ । तर उच्च अदालतले भने उक्त घटना नै भएको भन्ने एकिन नरहेको फैसलाको पूर्ण पाठमा उल्लेख गरेको छ ।