Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

थपिएको समयमा महाधिवेशन नगर्ने कांग्रेसका भ्रातृ संस्था स्वतः भंग हुने





काठमाडौं ।
नेपाली कांग्रेसले अब एकपटकका लागि समयावधि थप्दा समेत महाधिवेशन नगर्ने भ्रातृ संस्थाहरुको केन्द्रीय समिति स्वतः भंग गर्ने भएको छ । तदर्थ समितिमा रहेका भ्रातृ संस्थाको अवधि कात्तिकसम्म समयावधि थप्ने कांग्रेसले आन्तरिक तयारी गरेको छ ।
नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ, दलित संघ लगायतका भ्रातृ संस्थाहरु तदर्थ समितिमा सञ्चालित छन् । पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीबाट गठित निर्देशक समितिलाई बोलाएर भ्रातृ संस्थाको अवस्था बारेमा ब्रिफिङ लिएका छन् ।
भ्रातृ संस्थाको महाधिवेशन गराउन सहजीकरण र समन्वय गर्ने गरी पार्टीबाट निर्देशक समिति बनाइएको थियो । गत चैत मसान्तसम्म महाधिवेशन गराउने गरी निर्देशक समिति बनाइएपनि प्रमुख भ्रातृ संस्थाले निर्वाचित समिति ल्याउन सकेनन् ।
नेविसंघको निर्देशक समिति सदस्य प्रतिमा गौतमका अनुसार भ्रातृ संस्थाहरुलाई कार्यादेश दिएर महाधिवेशन उन्मुख गराउने गरी छलफल भएको जानकारी दिइन् । ‘महाधिवेशन कहिलेसम्म सकिन्छ, त्यही अनुसार नेविसंघलाई कार्यतालिका ल्याउने दिने र आफैंले तोकेको समयभित्र समेत अधिवेशन गर्न सकेन भने त्यसै दिनदेखि स्वतः भंग हुनेछ,’ गौतमले भनिन्, ‘कार्यतालिका ल्याएर पनि निर्वाचित समिति ल्याउन सकेनन् भने अब थप्ने÷नथप्ने विषयमा छलफल हुँदैन ।’
भ्रातृ संस्थाको अवधि थप्ने औपचारिक निर्णय सोमबारदेखि बस्ने केन्द्रीय समिति बैठकले गर्नेछ ।